पश्चिमाञ्चल विकास क्षेत्रका १६ वटा जिल्ला मध्ये लुम्विनी अञ्चलको सबैभन्दा ठूलो जिल्ला हो नवलपरासी । यसको पूर्वमा चितवन, पश्चिममा रुपन्देही, उत्तरमा पाल्पा र तनहू तथा दक्षिणमा भारत पर्दछ । महेन्द्र राजमार्ग करीव–करीव वीचबाट जाने यस जिल्लामा करीव ९९ कि.मी.राजमार्गले काट्ने यस जिल्लाको क्षेत्रफल २०१६.१६ वर्ग कि..मी छ । यस जिल्लालाई राजनैतिक विभाजनका दृष्टिले ७३ गाविस १ नगरपालिका,६ संसदीय निर्वाचन क्षेत्र, १५ इलाकामा विभाजन गरिएको छ । यस जिल्लाको भौगोलिक अवस्थितिलाई हेर्दा उत्तरी अक्षांस २७ डिग्री २१ मिनेट देखि २७ डिग्री ४७ मिनेटसम्म र पूर्वी देशान्तर ८३ डिग्री ३६ मिनेट देखि ८४ डिग्री २५ मिनेट सम्म रहेको छ ।यहांको अधिकतम उचाई देवचुली चुचुरो १९३६ मी.र न्यूनतम भुजहवा ७८ मी.रहेको छ । अधिकतम तापक्रम ४३ डिग्री सेल्सीयससम्म पुग्ने यस जिल्लामा औसत बर्षा २१४.५८ से.मी. सम्म हुनेगर्छ ।
भौगोलिक दृष्टिकोणले १७ वटा पहाडी गा.वि.स.,२० वटा गा.वि.स. भित्री मधेश , ३६ गा.वि.स.र १ नगरपालिका तराई क्षेत्रमा पर्दछन । पहाड,भित
थप हेर्नुहोस