Need Help ?
Call: +977- 078520105
News Flash

जिल्लाको बारेमा

जिल्ला शिक्षा कार्यालय, नवलपरासीमा तपाइलाइ हार्दिक स्वागत छ

  पश्चिमाञ्चल विकास क्षेत्रका १६ वटा जिल्ला मध्ये लुम्विनी अञ्चलको सबैभन्दा ठूलो जिल्ला हो नवलपरासी । यसको पूर्वमा चितवन, पश्चिममा रुपन्देही, उत्तरमा पाल्पा र तनहू तथा दक्षिणमा भारत पर्दछ ।  महेन्द्र राजमार्ग करीव–करीव वीचबाट जाने यस जिल्लामा करीव ९९ कि.मी.राजमार्गले काट्ने यस जिल्लाको क्षेत्रफल २०१६.१६ वर्ग कि..मी छ । यस जिल्लालाई राजनैतिक विभाजनका दृष्टिले ७३ गाविस १ नगरपालिका,६ संसदीय निर्वाचन क्षेत्र, १५ इलाकामा विभाजन गरिएको छ । यस जिल्लाको भौगोलिक अवस्थितिलाई हेर्दा उत्तरी अक्षांस २७ डिग्री २१ मिनेट देखि २७ डिग्री ४७ मिनेटसम्म र पूर्वी देशान्तर ८३ डिग्री ३६ मिनेट  देखि ८४ डिग्री २५ मिनेट सम्म रहेको छ ।यहांको अधिकतम उचाई देवचुली चुचुरो १९३६ मी.र न्यूनतम भुजहवा ७८ मी.रहेको छ । अधिकतम तापक्रम ४३  डिग्री सेल्सीयससम्म पुग्ने यस जिल्लामा औसत बर्षा २१४.५८ से.मी. सम्म हुनेगर्छ  । 

       
भौगोलिक दृष्टिकोणले १७ वटा  पहाडी गा.वि.स.,२० वटा गा.वि.स. भित्री मधेश , ३६ गा.वि.स.र १ नगरपालिका तराई क्षेत्रमा पर्दछन । पहाड,भित्री मदेश र   तराईको संगमवाट वनेको यहांको जलवायुमा पनि प्रसस्त विविधता पाइन्छ । लामो महेन्द्र राजमार्ग तथा अन्य विभिन्न आर्थिक, धार्मिक,सामाजिक र सांस्कृतिक कारणहरुले गर्दा यस जिल्लामा अन्य जिल्लाबाट तथा जिल्ला भित्रकै आन्तरिक वसाइसराइ तिव्ररुपमा रहेको छ । सोही कारणले पनि यस जिल्लाको जनसंख्या वृद्धिदर धेरै देखिन्छ । राष्ट्यि जनगणना २०६८ अनुसार यस जिल्लाको जनसंख्या ६३८९४८ रहेको छ । यस जिल्लाको साक्षरता प्रतिशत ८८.१५ देखिन्छ ।
 
जिल्लाको शैक्षिक तथा प्रशासनिक ब्यवस्थापनको लागी जिल्ला शिक्षा कार्यालय रहेको छ । कार्यालयमा ७ वटा शाखा कायम गरिएको छ । जिल्ला भरिका विद्यालयहरुलाई कूल १३ वटा स्रोत केन्द्रमा विभाजन गरिएको छ । यस कार्यालयमा १ जना जि.शि.अ., ६ जना स.जि.शि.अ.,८ जना विद्यालय निरीक्षक ,१ जना लेखाअधिकृत,१ जना लेखापाल, १ जना इन्जिनियर ,२ जना सव इन्जिनियर,१ जना कम्प्यूटर अपरेटर,१  जना ना.सु., १ जना खरिदार ,३ जना कार्यालय सहयोगी , १ जना सवारी चालक गरी जम्मा २७ जना कर्मचारी कार्यरत छन । १३ वटा स्रोत केन्द्रमा स्रोतब्यक्तिहरु रहेका छन । जिल्लामा जम्मा ७०२ वटा विद्यालय मध्ये सामूदायिक ५४० र संस्थागत १६२ रहेका छन । जस मध्ये ४५ वटा धार्मिक विद्यालय छन ।
सन् १९९० मा भएको  सवैको लागि शिक्षा नामक विश्व घोषणापत्रमा जाहेर प्रतिवद्धतालाई समिक्षा गर्दै पुनः २००० मा सेनेगलको राजधानी डकारमा सम्पन्न भै पारित कार्यढाचामा नेपालले पनि सन २०१५ सम्ममा सवैका लागि शिक्षा भन्ने आदर्श वाक्यलाई साकार पार्न विभिन्न आवधिक रणनीतिक योजना तयार पारी शैक्षिक क्षेत्रको विकास र विस्तारमा अघि लम्किरहेको छ । जस अन्तरगत शिक्षा मन्त्रालयले विद्यालय क्षेत्र सुधार कार्यक्रम स्वीकृत गरी मूल दस्तावेजको मर्म अनुसार कार्यान्वयनमा ल्याएकोे छ ।
शिक्षाको विकास द्रुत गतिमा गर्नका निमित्त शैक्षिक प्रशासन, कार्यान्वयन सुदृढ गर्न शिक्षा मन्त्रालयबाट संचालित नीति योजना र कार्यक्रमलाई देशव्यापी रुपमा प्रभावकारी ढंगबाट कार्यान्वयन र अनुगमन गर्ने निकायको रुपमा शिक्षा विभागको स्थापना भएको हो । विभिन्न परियोजना मार्फत संचालित शैक्षिक कार्यक्रमलाई कार्यक्रमको रुपमा निरन्तरता प्रदान गर्न क्षेत्रीय शिक्षा निर्देशनालय एवम जिल्ला शिक्षा कार्यालयहरुलाई सक्रिय बनाई विद्यालयको वर्तमान शैक्षिक प्रणाली अझ बढी प्रभावकारी बनाउन शिक्षा विभाग क्रियाशील रहेको छ ।
शिक्षा मन्त्रालयबाट पारित निति नियमका आधारमा शिक्षा विभाग अन्तरगत योजना तथा कार्यक्रम कार्यन्वयनका लागि प्रत्येक जिल्लामा जिल्ला शिक्षा कार्यालयहरु स्थापना भएका छन् । केन्दी्रय तहमा बनेका योजनाहरुबाट स्थानीय आवश्यकता समेट्न नसकेको, स्रोत साधनको समानुपातिक रुपमा वितरण कायम गर्न नसकिएको, स्थानीय तहमा जिम्मेवारी वोधको विकास हुन नसकेको कारणबाट शैक्षिक कार्यक्रम प्रभावकारी हुन नसकि अपेक्षित परिणाम हासिल हुन नसकेकोले आ.व.०५६÷०५७ देखि जिल्लास्तर मै जिल्लाको शैक्षिक योजना निर्माण गर्ने कार्यको थालनी भयो । यसै क्रममा गाविस र विद्यालय स्तरमा क्रमश गाउ शिक्षा योजना र विद्यालय सुधार योजना बन्ने नीतिगत व्यवस्था भयो । स्थानीय निकायलाई जिम्मेवारी र उत्तरदायी बनाई क्षमता अभिवृद्धि गर्ने सन्दर्भमा जिल्ला शिक्षा समिति, स्रोतकेन्द्र, विद्यालय व्यवस्थापन समितिलाई सक्रिय बनाईएको छ भने शिक्षकका पेशागत हकहितका लागि नेपाल शिक्षक युनियनको गठन हुने स्पष्ट नीतिगत व्वस्था रहेकोछ । 
जिल्लाको शैक्षिक तथा प्रशासनिक ब्यवस्थापनको लागी जिल्ला शिक्षा कार्यालय रहेको छ । कार्यालयमा ७ वटा शाखा कायम गरिएको छ । जिल्ला भरिका विद्यालयहरुलाई कूल १३ वटा स्रोत केन्द्रमा विभाजन गरिएको छ । यस कार्यालयमा १ जना जि.शि.अ., ६ जना स.जि.शि.अ.,८ जना विद्यालय निरीक्षक ,१ जना लेखाअधिकृत,१ जना लेखापाल, १ जना इन्जिनियर ,२ जना सव इन्जिनियर,१ जना कम्प्यूटर अपरेटर,१  जना ना.सु., १ जना खरिदार ,३ जना कार्यालय सहयोगी , १ जना सवारी चालक गरी जम्मा २७ जना कर्मचारी कार्यरत छन । १३ वटा स्रोत केन्द्रमा स्रोतब्यक्तिहरु रहेका छन । जिल्लामा जम्मा ७०२ वटा विद्यालय मध्ये सामूदायिक ५४० र संस्थागत १६२ रहेका छन । जस मध्ये ४५ वटा धार्मिक विद्यालय छन ।